६ कार्तिक २०८३, शुक्रबार

भाइरल ज्वरोको बिरामीमा वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Joroखोटाङ, १९ मंसिर । चिसो बढेसँगै जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोको बिरामीको चाप बढेको छ ।

चिसो बढेसँगै मङ्सिर पहिलो हप्तादेखि दैनिक १५० जनाको हाराहारीमा बिरामी उपचारका लागि अस्पताल आइरहेको जिल्ला अस्पताल खोटाङका चिकित्सक माधवप्रसाद लम्सालले बताउनुभयो ।

भाइरल ज्वरोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा बिरामी परेका छन् ।

अस्पतालमा आएकामध्ये अधिकांश बिरामीलाई श्यया भर्ना गरेर उपचार गर्नु परिरहेको कारण श्ययाको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

श्ययाको अभावमा कतिपय बिरामीलाई भुइँमै राखेर उपचार गर्ने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ ।

१५ श्ययाको अस्पतालले हाल २६ श्ययाको व्यवस्था मिलाएर उपचार सेवा प्रवाह गर्दै आएको छ ।