भद्रपुर, १८ मंसिर । एमाओवादीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको नयाँ संविधान आगामी माघ ८ मै आउने विश्वास व्यक्त गर्नुभएको छ ।
भद्रपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले नयाँ संविधान सहमतिकै आधारमा जारी गरिने बताउनुभयो ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहनुभएका वरिष्ठ नेता भट्टराईले संविधानका विषयमा राजनीतिक दलहरूबाट आएका प्रस्ताव संभवतः शुक्रबार संविधानसभामा प्रस्तुत गरिने जानकारी पनि दिनुभयो ।















प्रतिक्रिया