६ कार्तिक २०८३, शुक्रबार

महिला बेच्ने नेपालीलाई २० वर्ष कैद र २ लाख जरिमाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hathkadiनुवाकोट, १८ मंसिर । नुवाकोट जिल्ला अदालतले एक युवालाई २० वर्ष कैद र पीडितलाई क्षतिपुर्तिको सजाय सुनाएकोे छ ।

दुईजना महिलालाई बेचेको आरोपमा मदानपुर–१ का २७ वर्षीय अमृतबहादुर नेपालीलाई अदालतले २० वर्ष कैद र पीडित महिलालाई २ लाख रुपैयाँ क्षतिपुर्ति भराउने फैसला गरेको हो ।

जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको एकल इजालसले यस्तो सजाय सुनाएको हो ।  दुई वर्षअघि नेपालीले नुवाकोटका दुई युवतीलाई भारतको कोलकात्तामा लगेर बेचेका थिए ।