६ कार्तिक २०८३, शुक्रबार

दुर्घटनामा परी सभासद गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Haribahadur_Khadka_72589बागलुङ, १७ मंसिर ।  सभासद हरिबहादुर खड्का गम्भीर घाइते हुनुभएको छ । बागलुङको भकुन्डे गाविसमा बुधबार भएको सवारी दुर्घटनामा परी उहाँ गम्भीर घाइते हुनुभएको हो ।

बलेवा क्याम्पसले आयोजना गरेको महायज्ञ उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा सभासद खड्का चढेको बागलुङ नगरपालिको ग१झ २२४ नम्बरको गाडी भकुन्डे गाविस–९ मा दुर्घटनामा परेको हो ।

दुर्घटनापछि गम्भीर घाइते भई बेहोस बन्नु भएको खड्काको धवलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भैरहेको छ ।
सभासद् खड्काले नेपाली काँग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्ष चुनाव जित्नु भएको हो ।