६ कार्तिक २०८३, शुक्रबार

सरकारी जग्गा अतिक्रमण गरी घरटहरा निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

beni-bazarम्याग्दी, १७ मंसिर । जिल्लाको बेनी नगरपालिकामा हिजोआज स्थानीयवासीले सामुदायिक वन र सरकारी जग्गा अतिक्रमण गरी बस्ती बसाउन थालेका छन् ।

जिल्लाको बेनी नगरपालिका–४ बगरफाँट र खवरामा सरकारी जग्गा अतिक्रमण गरेर घरटहरा बनाउने क्रम सुरु भएको र अहिलेसम्म १० वटाभन्दा बढी घरटहरा निर्माण भइसकेको बताइएको छ ।

बेनपा–४ बगरफाँटको बाङ्गेरामा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर केही व्यक्तिले घडेरीको खरिद बिक्रीसमेत गरेका छन् भने तीनवटा घर निर्माण भइसकेका  स्थानीयले जानकारी दिएका छन् ।

उनीहरुले दिएको जानकारीअनुसार यसरी घरटहर बनाउनेमा जिल्ला सुकुम्बासी आयोगमा जग्गा पाउनका लागि निवेदन दिने पनि रहेका छन् । उनीहरूले आफूलाई अव्यवस्थित बसोबासका रूपमा देखाई सार्वजनिक र सरकारी जग्गा हडप्न लागेको स्थानीयको भनाइ छ ।

त्यसैगरी वेनपा–३ भकुण्डेचौरमा पनि सरकारी जग्गा अतिक्रमण भएको छ । बजार बिस्तारै हुँदै गरेको भकुण्डेमा सार्वजनिक जग्गा कब्जा गरी केही टाठाबाठा व्यक्तिले घर निर्माण गरेका स्थानीयले बताएका छन् । यता बगरफाँट सामुदायिक वन र खड्ग भवानीकोतको गुठी जग्गासमेत तीव्र रुपले अतिक्रमण भइरहेको बताइएको छ ।

अहिले सरकारी जग्गा स्थानीय केही व्यक्तिले बिक्रीसमेत थालेको बताइएको छ । पछिल्लो समय सुकुम्बासी आयोगबाट दर्ता गराएर ल्याउने भन्दै एक हातको रु पाँच हजारदेखि रु १५ हजारको दरमा सरकारी जग्गा धमाधम बिक्री भइरहेको स्थानीयको भनाइ  छ ।