बर्दिया, १७ मंसिर । बर्दियाको रम्बापुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज बिहान भएको बस दुर्घटनामा परी १७ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय बासगढीका प्रहरी जवान गगन ओलीले जानकारी दिए ।
घाइते यात्रुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । मृत्यु हुनेको सनाखत भएको छैन् ।
काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख १३०७ नम्बरको बस मगरागडी– ८ सेनाको ब्यारेकनजिकै दुर्घटना भएको थियो । हुस्सुका कारण बस दुर्घटना हुन पुगेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया