६ कार्तिक २०८३, शुक्रबार

किन गरे रविन्द्रले खुकुरी प्रहार गरी श्रीमती फूलमायाको हत्या ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kutpit Hatyaझापा, १६ मंसिर । झापाको सुरुङ्गा कनकाई नगरपालिका–२ सुकेडाँगीका रविन्द्र ठटालले श्रीमती फूलमायाको हत्या गरेका छन् ।

उनले सोमबार राती खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतिको हत्या लगत्तै भाग्न लागेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जेठी श्रीमती अर्कैसँग भागेपछि उनले फूलमायालाई ल्याएका थिए ।  फूलमायासँगै सुतेकी पाँच वर्षीया छोरी राधिकाले बुबाले आमाको हत्या गरेको खबर गरेपछि गाउँलेले तुरुन्त ठटाललाई नियन्त्रणमा लिएका थिए । ठटालले श्रीमतिले पैसा नदिएकाले हत्या गरेका बयान दिएका छन् ।