सुरुङ्गा (झापा), १५ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एमाओवादीले विभिन्न बखेडा झिकेर संविधान निर्माणमा बाधा पुर्याएको
आरोप लगाउनुभएको छ ।
नेपाल दलित सङ्घ इलामको आयोजनामा हुन लागेको पार्टीको अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन झापा आइपुग्नुभएका नेता देउवाले सोमबार बिर्तामोडमा पत्रकारसँग कुराकानी गर्दै समयमा नै लोकतान्त्रिक संविधान जारी गर्ने सवालमा काँग्रेस लचिलो भएको तर एमाओवादी आफ्नै अडानमा रहेकाले सहमति हुन नसकेको बताउनुभयो ।
संविधान जारी गर्ने मिति अझै दुई महिना बाँकी रहेकाले विवादित मुद्दालाई सहमति र सहकार्यमा अघि बढाउँदै माघ ८ मै संविधान जारी हुने उहाँको भनाइ छ ।















प्रतिक्रिया