६ कार्तिक २०८३, शुक्रबार

फेरि सवारी दुर्घटनामा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १५ मंसिर । मोरङ र उदयपुर जिल्लामा सडक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कोसीहरैचा नगरपालिका खण्डमा आइतबार साँझ ट्रकको ठक्करबाट एक मोटरसाइकलचालकको मृत्यु भएको हो ।

ना३ ख ७७९६ नम्बरको ट्रकको ठक्करबाट को१७प ३८६३ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका–५ बस्ने ३५ वर्षीय टीकाराम पौडेलको मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उपचारका क्रममा उनको विराटनगरस्थित गोल्डेल अस्पतालमा मृत्यु भएको हो । ट्रकसहित चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।

त्यस्तै उदयपुरको कटारी–७ स्थित कटारी–घुर्मी सडकखण्डमा स४प ८५४० नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीया सुकीमाया तामाङको मृत्यु भएको छ ।

गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । सोही नगरपालिका बस्ने मोटरसाइकल चालक २२ वर्षीय विशाल सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।