६ कार्तिक २०८३, शुक्रबार

इलाममा पुराना गाडी पक्रँदै प्रहरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Busइलाम, १५ मंसिर । हालै सरकारले ल्याएको यातायात नियम विपरीत सवारी चलाउने चालक र सवारीलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

बीसवर्षे पुराना सवारीसाधन, जाँचपास नभएका र नवीकरण नगरिएका एक दर्जन सवारीसाधनलाई आइतबार प्रहरीले इलामका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

इलाम–इभाङ सञ्चालन भइरहेको इभाङका इन्द्र राईको मे१ज ३९७ नम्बरको ल्यान्डरोभर गाडी, मेचीराजमार्गअन्तर्गत रक्सेमा चलिरहेको पूर्णबहादुर कार्कीको ग१ज ५३३३ नम्बरको गाडी, को१ज ६४३, को१ज ८४८ र ग१ज ३८७९ नम्बरको सवारीसाधन नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अनुपमनशमशेर जबराले बताउनुभयो ।

यस्तै अन्य सवारीसाधन पनि मातहतका प्रहरी चौकीले नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालय इलाममा बुझाइएको छ ।

नियन्त्रणमा लिएका कुनै सवारीसाधनको जाँचपास नभएको, कसैको रुटपर्मिट नभएको, कसैको जाँचपास र रुटपर्मिट दुवै फेल भएको तथा पुराना सवारीसाधन रहेको प्रहरीले जनाएको छ ।

कार्यालयमा जिम्मा लगाएपछि यातायात व्यवस्था सेवा कार्यालयले यातायात ऐनअनुसार प्रक्रिया अघि बढाउने बताइएको छ ।

सरकारले २० वर्ष पुगेका पुराना गाडी सञ्चालनमा प्रतिबन्ध लगाउने, हुट हटाउने, गाडीका पुर्जाहरु बिनास्वीकृति परिवर्तन गर्न नपाउने, जाँचपास र रुटपर्मिट नभएका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णयबमोजिम प्रहरीले अहिले धमाधम त्यस्ता सवारीसाधन नियन्त्रणमा लिएर यातायात व्यवस्था सेवा कार्यालयमा बुझाउन थालेको हो ।