६ कार्तिक २०८३, शुक्रबार

नेताहरु आ–आफ्नै अडानमा, सिंहदरवारको बैठक पनि निश्‍कर्ष बिहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Four-leaders-nepal1काठमाडौँ, १४ मंसिर । सहमति खोज्ने  प्रयासका लागि आइतबार बिहान सिंहदरबारस्थित सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा बसेको उच्चस्तरीय राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बिना निश्‍कर्ष  टुंगिएको छ।

समितिका अध्यक्ष प्रचण्डको पहलमा बसेको उक्त बिना निश्‍कर्ष  टुंगिएको काँग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

बैठकबाट बाहिरिने क्रममा उहाँले सबैले आ–आफ्ना अडानबाट कोही पछि नहटेकाले कुनै नयाँ सहमति हुन नसकेको सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।

बैठकमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाल सहभागी हुनुहुन्थ्यो ।

एमाओवादीबाट पनि अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी मधेसवादी दलको तर्फबाट विजय गच्छदार, महन्थ ठाकूरलगायतका नेताहरुको सहभागिता थियो ।