कञ्चनपुर, १४ मंसिर । आफ्नै बाबुलाई काठको चिर्पटले हिर्काएर मरणासन्न अवस्थामा पुर्याउने कञ्चनपुरको पिपलाडी–६ का दीपक चौधरीलाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।
अंश विवादमा चौधरीले आफ्ना बाबु ६८ वर्षीय कल्लु चौधरीलाई काठको चिर्पटले हिर्काएका थिए । टाउकोमा लागेको गम्भीर चोटका कारण कल्लुको स्वास्थ्य स्थिति चिन्ताजनक बनेको छ ।
कल्लुलाई उपचारका लागि कैलालीको सेती अञ्चल अस्पतालमा लगिएको छ । दीपकलाई पक्राउ गरी हिरासतमा राखेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालबहादुर ऐरले बताउनुभयो । रासस















प्रतिक्रिया