काठमाडौँ, १४ मंसिर । उच्चस्तरीय राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा बसेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठक निश्कर्ष बिहीन भएपछि आइतबार सभामुखको रोहवरमा उच्चस्तरीय राजनीतिक समितिको बंठक बसेको हो । समितिका अध्यक्ष एमाओवादी अध्यक्ष प्रचण्ड हुनुहुन्छ ।
बैठकमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी हुनुहुन्छ ।
त्यसैगरी एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाल सहभागी हुनुहुन्छ ।
एमाओवादीबाट पनि अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी हुन्हुन्छ ।
बैठकले एक प्रकारको सहमति गरेपछि संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकमा सहभागी हुने नेताहरुले बताएका छन् ।
सम्वाद समितिका सभापति बाबुराम भट्टराईले पनि बैठक आइतबारकै लागि बोलाउनु भएको छ । सम्वाद समितिको बैठक दिउँसो १ बजे बस्ने तयारी भएको छ ।















प्रतिक्रिया