६ कार्तिक २०८३, शुक्रबार

१२ बुँदे सहमति गर्ने दलबीच फेरि नयाँ सहमति आवश्यकः रायमाझी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Top-Bahadur-Finalअर्घाखाँची, १४ मंसिर । एमाओवादीका नेता टोपबहादुर रायमाझीले १२ बुँदे सहमति गर्ने दलबीच फेरि नयाँ सहमति आवश्यक रहेको बताउनुभएको छ ।

सदरमुकाम सन्धिखर्कमा भएको खुल्ला दिसामुक्त तथा पूर्णखोपयुक्त जिल्ला घोषणासभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंहले निर्धारित समयमा नै सविधान जारी हुने बताउनुभयो
। काँग्रेस महामन्त्रीसमेत रहनुभएका सिंहले गतिरोध अन्त्यका लागि संवैधानिक राजनीतिक समितिमा छलफल जारी रहेको र छिट्टै सहमति हुने जिकिर गर्नुभयो ।
संविधान निर्माणपछि प्रधानमन्त्री, राष्ट्रपति र सभामुख सबैमा निर्वाचन हुने र स्थानीय शासन ऐन संशोधनपछि सोहीअनुसार स्थानीय निकायको निर्वाचन  पनि हुुने उहाँले बताउनुभयो ।

सभासद् डा दुमनसिंह थापाले प्रमुख दलका चार पाँच नेताका कारण संविधान निर्माण प्रक्रिया केही ढिलो भएको आरोप लगाउनुभयो ।
अर्घाखाँची जिल्ला लुम्बिनी अञ्चलको पहिलो, नेपालकै खुल्ला दिसामुक्तमा १७औँ र पूर्ण खोपयुक्तमा चौथो जिल्ला घोषणा भएकोे सरसफाइका क्षेत्रमा काम गरिरहेको संस्था प्रकाश सचेतन समूह प्रागका सचिव प्रेमनारायण गैरेले बताउनुभयो ।

केन्द्रीय तथ्याङ्क विभागको २०११ को तथ्याङ्कअनुसार जिल्लामा ३४.३७ प्रतिशत घरधुरीमा पक्की चर्पीको सुविधा थियो भने कच्ची चर्पीसहित ७०.३७ प्रतिशत थियो । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति अर्घाखाँचीको २०६९ साल असार मसान्तको तथ्याङ्कअनुसार करिब ५० प्रतिशत घरधुरीमा शौचालयको पहुँच थियो । अहिले जिल्लाका सबै घरधुरीमा सुरक्षित शौचालयको पहुँच पुगेको छ ।