६ कार्तिक २०८३, शुक्रबार

जनकपुरबाट जन्ती फर्कियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bibaha Panchamiवीरगन्ज, १४ मंसिर । जनकपुरको विवाहपञ्चमीको मेला सकाएर जन्ती शनिबार रक्सौल हुँदै अयोध्या फर्केको छ ।

फर्किने क्रममा वीरगन्ज आइपुगेका भारतीय तीर्थालुको ठूलो सङ्ख्यालाई शनिबार वीरगन्जस्थित घन्टाघरमा नेपाल साधु महासङ्घका संरक्षक सेवक सौरभनाथ, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य पं पुरुषोत्तम दुवे, राष्ट्रिय धर्मसभाका जिल्ला अध्यक्ष डा अनिलकुमार झालगायतले फूलमाला र अबिर लगाएर स्वागत तथा बिदाइ गर्नुभएको थियो ।

गोस्वामी तुलसीदासकृत रामायणमा वर्णित भएनुसार राजर्षि जनकद्वारा गरिएको प्रतिज्ञालाई अयोध्याका राजकुमार रामले धनुषको ता“दो चढाई पूरा गरेकाले जानकीको विवाह उनीसँग भएको थियो ।

जनकपुरको विवाहोत्सव सकेर भारतको अयोध्या फर्किने क्रममा वीरगन्ज आएको झा“कीसहितको हजारौँको जन्तीले नगरका विभिन्न भागको परिक्रमासमेत गरेका थिए ।