६ कार्तिक २०८३, शुक्रबार

चितवनको एक गाउँबाट भूमिगत शैलीमा विप्लवले खोले नयाँ पार्टी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra_Bikram_Chandकाठमाडौँ, १३ मंसिर । नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले सच्यिएर आउन आग्रह गरेकै दिन पार्टीबाट केही दिन अघि मात्र अलग हुने घोषणा गर्नुभएका सचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ पार्टी गठन गर्नुभएको छ ।

खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोलासहितका नेताहरु सहभागी बैठकले  चितवनको एक गाउँमा शनिबार  नेकपा (माओवादी) पार्टी गठन गरेको हो ।

नयाँ पार्टीको कार्यालय टीमबारे भने निर्णय भर्इ नसकेको स्रोतले बताएको छ ।

पार्टी गठनबारे थप जानकारी विप्लव समुहले आगामी सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।
बैठकले देशभर पार्टीको संगठन बिस्तार गर्ने निर्णय पनि गरेको छ ।