काठमाडौँ, १३ मंसिर । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले भर्खरै पार्टी छाडेको घोषणा गर्नुभएका सचिव नेत्र विक्रम चन्द (विप्लव) लाई सच्चिएर आउन आग्रह गर्नुभएको छ ।
उहाँले शनिबार आयोजित पत्रकार सम्मेलनमा विप्लवलाई पार्टी नछाड्न आग्रह गर्दै नयाँ आधारमा एकता गरेर जाने प्रस्ताव राख्नु भएको हो ।
उहाँले विप्लव समूह सच्चिएर आए आगामी पुस १० गते गर्ने राष्ट्रिय भेलामा सहभागी गराउन सकिने वताउनुभयो ।
नेतृत्वका लागि बार्गेनिङ गर्नेले क्रान्ति गर्न नसक्ने भन्दै वैद्यले विप्लवलाई सच्चिएर आए आफु एकता साथ अघि बढ्न तयार रहेको बताउनु भयो ।
‘एक्ले वीर’ क्रान्ति नहुने भन्दै विप्लवले नेतृत्वका लागि बार्गेनिङ गरेको पनि वैद्यले आरोप लगाउनुभयो । उहाँले आफु एकल नभई सामूहिक नेतृत्वको पक्षमा रहेको समेत प्रष्ट पार्नुभयो ।
पार्टीमा फर्किन आग्रह गरे पनि वैद्यले विप्लवको कडा आलोचना गर्नुभयो । युवाले नेतृत्व गर्नुपर्छ भन्ने पक्षमा रहेको खुलासा गर्दै वैद्यले पार्टीमा विप्लव मात्र नभएको जिकीर गर्नुभयो ।
वैद्यले माओवादीले संविधानसभा र सरकार विघटनको मुद्दा फेरि चर्काउने पनि चेतावनी दिनुभयो । उहाँले प्रचण्ड नेतृत्वको एमाओवादीले संविधानसभा छाडेर आएर पार्टी एकता हुने समेत दाबी गर्नुभयो ।
‘















प्रतिक्रिया