६ कार्तिक २०८३, शुक्रबार

रौतहटमा चिरान गर्दै गरेको अवस्थामा गोलिया बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

OLYMPUS DIGITAL CAMERAरौतहट, १३ मंसिर । रौतहटको इलाका वन कार्यालय गैँडाटार क्षेत्रभित्रको जङ्गलमा काँचो रुख कटान गरी चिरान गरिरहेको अवस्थामा सात थान सालका गोलिया बरामद भएको छ ।

जिल्ला वन कार्यालय रौतहट तथा सशस्त्र प्रहरीको गस्ती टोलीले सो वन क्षेत्रको जङ्गलमा चिरान गरी रहेको अवस्थामा १०० क्युबिक बराबरको सात थान सालको गोलिया बराबरको १०० क्युबिक काठ बरामद गरेको हो ।

वन क्षेत्रभित्र काँचो रुख कटान गरी चिरान गरिरहेको अवस्थामा गस्ती टोलीले काठ बरामद गरे तापनि तस्कर भाग्न सफल भएका छन् ।

पछिल्लो समय इलाका वन कार्यालय गैँडाटार क्षेत्रमा रुख कटान गरी जङ्गलमै चिरान गर्ने क्रम बढ्दै गए पनि जिल्ला वन कार्यालये नियमित रुपमा गस्ती गर्न छाडेका कारण चोरी तस्करी बढेकोे स्थानीय बासिन्दाले बताएका छन् ।

वन कार्यालयका कर्मचारीले जङ्गल संरक्षण गर्न ध्यान नदिएको तथा वन विनास हुने क्रम तीव्ररुपमा बढेको भन्दै संरक्षणमा विशेष ध्यान दिन माग गरेका छन् ।