विराटनगर, १३ मंसिर । मोरडको पोखरीया–९ मा अजिङ्गर फेला परेको छ । लोपोन्मुख पाइथन प्रजातिको अजिङ्गर स्थानीयवासीले फेला पारेका हुन् ।
स्थानीयवासी अच्छेलाल ऋषिदेवका अनुसार उखुुखेतमा काम गरिरहेको अवस्थामा स्थानीय महगुु ऋषिदेवले सो अजिङ्गर फेला परेको हो ।
उनका अनुसार अजिङ्गर साढे ८ फिट लम्बाइ १५ इन्च मोटाइ रहेको छ ।
गाउँमा अजिङ्गर फेला परेको हल्ला चलेपछि स्थानीय प्रहरीले सो अजिङ्गर प्रहरी चौकी पोखरीयामा ल्याई सुरक्षित राखेका थिए ।
इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक नरेन्द्र कुँवरले संरक्षित प्रजातिमा रहेको सो पाइथन जातको अजिङ्गर सुरक्षित वासस्थानका लागि शुक्रबार जिल्ला वन कार्यालय मोरङमा बुझाइएको बताए ।















प्रतिक्रिया