६ कार्तिक २०८३, शुक्रबार

झापामा बहुविवाह गर्ने जेल चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

marriage-biheसुरुङ्गा, १३ मंसिर । बहु विवाह गरेका झापाको दमक नगरपालिका– १४ का रामहरि कार्की र उनकी कान्छी श्रीमती सन्ध्या ढकाल कारागार चलन भएका छन् ।

कार्कीले गत असोज १५ गते सन्ध्यालाई दोस्रो विवाह गरेको भन्दै जेठी श्रीमती कुमारी कार्कीले कात्तिक २४ गते इलाका प्रहरी कार्यालय दमकमा कारबाहीको माग गर्दै जाहेरी दिएकी थिइन् ।

सोही दिन प्रहरीले रामहरि र सन्ध्यालाई पक्राउ गरी कानुनी कारबाही सुरु गरेको प्रहरी सहायक निरीक्षक वासुदेव चौधरीले जानकारी दिए ।

उनीहरुलाई जिल्ला अदालत झापाका न्यायाधीश पूर्णश्वरप्रसाद उपाध्यायको इजालासले बिहीबार कारागार चलान गर्ने फैसला गरेको हो ।