राजेन्द्र ठगुन्ना
डडेल्धुरा, मंसिर १३ गते । कैलालीको सहजपुर गाविस २ मा शुक्रबार मध्यरातमा बस पल्टिँदा १० जनाको मृत्यु भएको छ ।
डोटीको दीपायलबाट कन्चनपुरको महेन्द्ररनगरका लागि छुटेको ना ५ ख ५४ २० नम्बरको बस भीमदत्त पन्त राजमार्गको भासुको भीर र फल्टुडेको बीचमा दुर्घटना हुँदा ३० जना घाइते भएका कैलालीका डीएसपी विक्रमबहादुर चन्दले जानकारी दिनुभयो ।
दुर्घटनामा ५ जना पुरुष, ३ जना महिला र २ जना वालकको मृत्यु भएपनि सनाखत भने हुन सकेको छैन । घाइतेलाई अत्तरियाको सेवा नर्सिङ होम, पद्मा अस्पताल र धनगढीको सेती अञ्चल अस्पताल र अन्य स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया