६ कार्तिक २०८३, शुक्रबार

नेपाल र भारतवीच विश्वासको इन्जिन जडान भएको छः मोदी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-in-kathmanduकाठमाडौँ, ९ मंसिर  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमतिका आधारमा संविधान बनाउँन सुझाव दिनु भएको छ ।

सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउनु भएका प्रधानमन्त्री मोदीले मंगलबार वीर अस्पताल नजिक रहेको राष्ट्रिय ट्रमा सेन्टरको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

उहाँले संख्याको आधारमा संविधान बनाउँदा नराम्रो सन्देश जाने भन्दै सहमतिको आधारमा संविधान बनाउन सुझाव दिनु भएको हो ।

उहाँले भारतको संविधान सहमतिबाट बनेको उदाहरण दिँदै संविधानसभामा भएकाहरुको ऋषी मन हुनु पर्ने र त्यसो भए संविधान जारी हुने धारणा राख्नुभयो ।

नेपालमा छिटो संविधान बन्दा भारतसमेत  खुशी हुने उहाँको भनाई थियो ।  उहाँले कार्यक्रममा समय अभावका कारण जनकपुर, लुम्विनी र मुक्तिनाथ जान नसकेको बताउनुभयो । उहाँले नेपाल र भारतवीच विश्वासको इन्जिन जडान भएको आफूले महसुस गरेको समेत बताउनुभयो ।