६ कार्तिक २०८३, शुक्रबार

माल्दिभ्सका राष्ट्रपति यमिन पनि काठमाडौँमा अवतरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

abadulla_yemee_Maldivs_Precident_2_534670844काठमाडौँ, ९ मंसिर । बुधबारबाट काठमाडौँमा सुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँँ शिखर सम्मेलनमा भाग लिन  माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन पनि काठमाडौं आउनु भएको छ ।

उहाँ   सिल्क एयरको नियमित उडानबाट काठमाडौं आउनु भएको हो ।

उहाँलाई उपप्रधानमन्त्रीहरु वामदेव गौतम र  प्रकाशमान सिंहले विमानस्थलमा स्वागत गर्नुभयो ।

उहाँलाई पनि अन्य पाहुना जसरी नै  विमानस्थलमा विशेष स्वागतपछि सुरक्षाको विशेष स्कर्टिङसहित  सोल्टी होटलमा लगिने कार्यक्रम छ।

सार्क सम्मेलनमा सहभागी हुन भुटानका प्रधानमन्त्री थेस्रिङ तोब्गे, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे र अफगानिस्तानका राष्ट्रपति असरफ घानी यस अघि नै काठमाडौं आइपुग्नु भएको छ ।