६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री कोइराला र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koirala12काठमाडौँ, ९ मंसिर । प्रधानमन्त्री सुशील कोइरालासँग दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री निसा देशी विश्वालले मंगलबार शिष्टाचार भेटवार्ता गर्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि भएको भेटवार्तामा उहाँहरुबीच आपसी हित, दुई पक्षीय सहयोग तथा संविधान निर्माण र शान्ति प्रक्रियाबारे छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

भेटका क्रममा अमेरिकी सहायक विदेशमन्त्रीले काठमाडौँमा हुन गइरहेको अठारौँ सार्क सम्मेलनबाट सदस्य राष्ट्रहरुले अधिकतम लाभ लिन सक्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

अमेरिकी सहायक विदेशमन्त्रीले नेपालको संविधान निर्माण र शान्ति प्रक्रियाबारे पनि चासो राख्नुभएको थियो ।

जवाफमा प्रधानमन्त्री कोइरालाले नेपाल संविधान निर्माण र शान्ति प्रक्रियाको महत्वपूर्ण चरणमा रहेको र यसलाई सार्थक तुल्याउन सबै दल प्रतिबद्ध रहेको जानकारी दिनुभएको थियो ।

अमेरिकी सहायक विदेशमन्त्री अठारौँ सार्क शिखर सम्मेलनमा पर्यवेक्षकका रुपमा भाग लिन नेपाल आउनुभएको हो ।