६ कार्तिक २०८३, शुक्रबार

सार्क मन्त्रिपरिषद् बैठक आज, चार प्रतिवेदन सार्वजनिक गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SARRC

काठमाडौँ, ९ मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मन्त्रिपरिषद्को ३६औंँ बैठक आज काठमाडौंमा हुँदैछ ।

सार्क बडापत्रअनुसार शिखर सम्मेलनको अघिल्लो दिन सदस्य देशका परराष्ट्र÷बाह्य मामिला मन्त्री सम्मिलित मन्त्रिपरिषद् बैठक गर्ने प्रावधान छ ।

सार्कको समग्र कार्यसूची निर्धारण गर्ने उक्त बैठकमा सहभागी हुन सवै सदस्य मुुलुकका परराष्ट्र÷बाह्य मामिलामन्त्री राजधानी आइसक्नु भएको छ ।

मन्त्रिपरिषद् बैठकको प्रारम्भमा तस्बिर, तथ्याङ्क र रेखाचित्रयुक्त गरिबी निवारण तथा सार्क विकास लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्याभ्यास प्रतिवेदन, पोषणका लागि दक्षिण एसिया क्षेत्रीय कार्यसंरचना, सरसफाइसम्बन्धी दक्षिण एसिया कार्यसंरचना र दक्षिण एसियाली आर्थिक सङ्घका लागि भावी कदम शीर्षकका प्रतिवेदन सार्वजनिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।