१ कार्तिक २०८३, आइतबार

एमालेको इलाम कमिटीमा राना विजयी6k

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Logo-originalइलाम, ६ मसिर । नेकपा (एमाले) इलामको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राम राना विजयी हुनुभएको छ ।

रानाले आफ्ना प्रतिद्वन्द्वी गणेशप्रसाद बराललाई ६५ मतले पछि पार्नुभएको थियो ।  त्यस्तै उपाध्यक्षमा भक्त केसी, सचिवमा महेश बस्नेत र उपसचिवमा उमेश गुरुङ विजयी हुनुभएको छ ।

खुला सदस्यमा ओमनारायण खनाल, उदय राई, कृष्ण श्रेष्ठ, खिनु लङवालिम्बू, गणेशप्रसाद बराल, जसबहादुर लुङ्गेली, छवि श्रेष्ठ, टेकबहादुर राई, जयप्रकाश राई, जितबहादुर राई, देवेन्द्र विश्वकर्मा, दीपेन्द्र खनाल, धीरेन्द्र चेम्जोङ, नरेन्द्रनाथ भट्टराई र बुद्धिप्रसाद खनाल विजयी हुनुभएको छ  ।

जिल्ला कार्यसमितिमा महिला, दलित, जनजातिसहित  ६३ सदस्य छन् ।

एमाले अधिवेशन मङ्सिर २ गतेदेखि सुरु भएको थियो । अधिवेशनमा ६५१  प्रतिनिधि  थिए ।

अधिवेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।