१ कार्तिक २०८३, आइतबार

मोदी भ्रमण रद्द बारे भारतीय राजदुत रे पनि अनविज्ञ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjit-Ray-indianकाठमाडौं, ५ मंसिर । नेपालका लागि भारतीय राजदुत रञ्जित रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द बारे  आफूहरुलाई कुनै जानकारी नभएको स्पष्ट पार्नुभएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेकोे ‘१८ औं सार्क शिखरः सम्भावना र चुनौती ’ विषयक साक्षात्कारमा राजदुत रेले मोदीले गर्ने भनेको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएको जानकारी नेपाल सरकारको तर्फबाट सार्वजनिक भएको घटनाले आफुलाई अचम्मित बनाएको बताउनुभयो ।

‘विदेश मन्त्रालयसँग परामर्श गरेर आधिकारिक जानकारी पछि मात्रै भ्रमणको कार्यतालिका सार्वजनिक गर्छौ,’ उहाँले भन्नुभयो ।