जनकपुरधाम, ५ मंसिर । गृहसचिव सुर्य सिलवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको हल्ला अफबाह भएको बताउनु भएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसमेत जनकपुर पुग्नु भएका सिलवालले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो बताउनु भएको हो ।
‘मोदीको भ्रमण रद्द भएकोबारे परराष्ट्र मन्त्रालयबाट गृहलाई कुनै जानकारी आएको छैन,’ उहाँले भन्नुभयो, ‘भ्रमण रद्द भएको नभएबारे आधिकारिक जानकारी भारतीय दूतावासबाट आउने भएकाले हल्लाको पछि नलाग्न सबैलाई आग्रह गर्छु ।’
उहाँले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधीको विज्ञप्तीबारे समेत कुनै जानकारी नभएको बताउनुभयो ।
उहाँले मोदीको अभिनन्दन तथा सम्बोधन कार्यक्रम बाह्रबिघामै राख्ने तयारी गरिएको समेत जानकारी दिनुभयो ।















प्रतिक्रिया