काठमाडौँ, ४ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको छ ।
नेपालकै नेताहरुबीच विवाद भएपछि भारतीय प्रधानमन्त्री मोदीले विवादास्पद कार्यक्रममा नजाने निर्णय लिएपछि भ्रमण रद्द भएको हो ।
भारतीय दुतावासले परराष्ट्र मन्त्रालयको भारत हेर्ने शाखाका सहसचिवलाई टेलिफोन गरी मोदी जनकपुर जाने कार्यक्रम रद्द भएको जानकारी गराएको थियो ।
मोदीको जनकपुर भ्रमण कार्यक्रम रद्दबारे बिहीबार नेपाल सरकार परराष्ट्र मन्त्रालयले कार्यक्रम रद्द गरेको सूचनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले विज्ञप्ति निकालेर पुष्टि गर्नुभएको छ ।
मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गर्ने र मोदीले स्थानीयलाई मोदीको हातबाट साइकल बाँड्ने कार्यक्रम थियो ।
















प्रतिक्रिया