१ कार्तिक २०८३, आइतबार

काँग्रेस र एमाले मुलुकमा राजतन्त्र फर्काउने षड्यन्त्रमा लागेका छन्ः गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dev Gurungकाठमाडौँ, ४ मंसिर  । वैद्य नेतृत्वको नेकपा–माओवादीका सचिव देब गुरुङले काँग्रेस, एमालेलगायतका दल मुलुकमा राजतन्त्र फर्काउने षड्यन्त्र लागेको आरोप लगाउनु भएको छ ।

पहिचानसहितको संघीयताका लागि आदिवासी जनजाति महासंघले बिहीबार राजधानीमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै सचिव गुरुङले यस्तो आरोप लगाउनु भएको हो ।

‘देशलाई प्रतिगामी बाटोतर्फ धकेल्ने खेल भइरहेको छ,’ उहाँले काँग्रेस र एमालेप्रति संकेत गर्दै भन्नुभयो, ‘मुलुकलाई ०४६ सालमा पुर्याएर राजतन्त्र फर्काउने ध्याउन्नमा केही दल र नेता सक्रिय छन् ।’
उहाँले पहिचानसहितको संघीयता आउन नदिन पनि षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो ।