१ कार्तिक २०८३, आइतबार

विद्यालयको नाम लखन थापा, शिक्षक सबै महिला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila-Teacherगोरखाबजार, ४ मङ्सिर । गोरखाको बुंकोट गाविसस्थित लखन थापा प्राथमिक विद्यालयका शिक्षक सबै महिलामात्रै छन् ।

विगत पाँच वर्षदेखि महिला शिक्षकले विद्यालय सञ्चालन गर्दै आएका हुन् । उक्त विद्यालयका विद्यार्थी अनुशासित र लगनशील भएको नाम्जुङ स्रोत केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

५ कक्षासम्म पढाइ हुँदै आएको विद्यालयमा ७५ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापिका गीता पाण्डेले बताउनुभयो ।

‘महिला शिक्षकमात्रै विद्यालयमा कार्यरत छौँ’, उहाँले भन्नुभयो, ‘विद्यालयलाई सुधार गर्दै विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सबै शिक्षक लागिपर्छौं ।’ विद्यालयमा देखापर्ने हरेक समस्या समाधानका लागि पाँचैजना महिला शिक्षक लागिपर्ने प्रअ पाण्डेको भनाइ छ ।

उक्त विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ । ‘विसं २०६२ देखि नै विद्यार्थीलाई अङ्ग्रेजी माध्यमबाट शिक्षण थालेका हौँ’, प्रअ पाण्डेले भन्नुभयो, ‘सुरुका केही वर्ष विद्यार्थी र शिक्षक दुवैलाई असहज भए पनि अहिले विद्यालयको प्रगति राम्रो छ ।’ अङ्ग्रेजी माध्यमबाट शिक्षण गर्न थालेपछि शिक्षक र विद्यार्थी दुवैलाई थप लगनशील बनाउने उहाँको अनुभव छ ।

‘जिल्लाकै राम्रो विद्यालयअन्तर्गत यो प्रावि पर्छ’, नाम्जुङ स्रोत केन्द्रका स्रोत व्यक्ति विश्वनाथ वाग्लेले भन्नुभयो, ‘महिलामात्रै शिक्षक रहेको विद्यालय गोरखाकै नमुना विद्यालय हो ।’ रासस