१ कार्तिक २०८३, आइतबार

पुरातात्विक महत्व बोकेका घ्याकर गुम्बा र चराङ दरबार बजेट अभावले जीर्ण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ४ मङ्सिर । उपल्लो मुस्ताङमा रहेका पुराना गुम्बा र दरबार मर्मत सम्भारका लागि बजेट अभाव भएपछि विश्वमै अत्यन्त दुर्लभ मानिएका ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु जीर्ण वन्दै जान थालेका छन् ।

विश्वकै पुरानो भनी दाबी गरिएको चराङ–१ स्थित मराङ गाउँमा तिब्बतका राजा ढिक्सुङ थक्चेनले आठौँ शताब्दीमा वनाएकोे लो घ्याकर गुम्बा, चराङ दरबार, लोमान्थाङ गाविसमा सन् १३८७ मा तत्कालीन प्रसिद्ध राजा एन्गुइन स्याङ्बोको शासनकालमा निर्माण गरिएको झाम्पा गुम्बा, १५ औँ शताब्दीको सुरुवाततिर मुस्ताङका तेस्रा राजा तासिगोनका विष्टको पालामा निर्माण गरिएको टुपचेन गुम्बालगायत बजेट अभावका कारण मर्मत हुन नसक्दा भग्नावशेषमा परिणत भएका लोमान्थाङ संरक्षण व्यवस्थापन समितिका सदस्य देव गुरुङले जानकारी दिनुभयो ।

यसैगरी २०६८ सालमा युनेस्कोले विश्वसम्पदा सूचीमा सूचीकृत गरेको लोमान्थाङ दरबारसमेत जीर्ण वन्दै गइरहेकाले यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा राज्यले विशेष चासो देखाउनुपर्ने स्थानीयको भनाइ रहेको छ ।

उपल्लो मुस्ताङको ऐतिहासिक सम्पदाका  लागि उचित बजेट निकासा नभएकाले अस्तित्व नै सङ्कटमा परेको भन्दै यसका लागि तत्काल आवश्यक पहल गर्न स्थानीयले माग गरेका छन् । मुस्ताङ प्राकृतिक, जैविक, धार्मिक र ऐतिहासिक सम्पदामा धनी जिल्ला मानिन्छ । १६ वटा गाविस रहेको मुस्ताङका सबै गाविसमा सयौँ वर्ष पुराना गुम्बाहरु रहेका छन् । विश्वमै पुरानो मानिएको थुम्बासमेत मुस्ताङमै छ  । तर पनि सो थुम्बा संरक्षणको अभावमा भग्नावशेषमा परिणत हुँदैछ ।

उपल्लो मुस्ताङमा रहेका केही गुम्बाहरु भारत सरकारको आर्थिक सहयोगमा मर्मत तथा पुनर्निर्माणको प्रयास भइरहेको भए पनि त्यो पर्याप्त नभएको र नेपाल सरकारले पनि यस्ता दुर्लभ सम्पदा संरक्षणका लागि पहल गर्नुपर्ने स्थानीयको भनाइ रहेको छ । रासस