६ कार्तिक २०८३, शुक्रबार

अपडेट : भेरी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्‍या सात पुग्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_districtजाजरकोट, ४ मंसिर । भेरी नदीमा खस्दा यात्रु बस ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । ४५ जना यात्रु लिएर जाजरकोट सदरमकुाम खलंगाबाट सुर्खेतको राकामका लागि छुटेको ना घ ख १४०८ नम्बरको बस जाजरकोट जिल्लाको भुर– ८ रावत गाउँ नजिक भेरी नदीमा खसेको हो ।

मध्यपश्‍चिम यातायात व्यवसायीद्धारा सञ्‍चालित सो बस जाजरकोटको भुर गाविसको भुतचौर नजिकैबाट ५० मिटर तल भेरी नदीमा खसेको हो ।  दुर्घटनामा बस चालक लक्षमण चौधरीको पनि ज्यान गएको छ । प्रहरीका अनुसार बस भेरी नदीमा पुरै डुबेको छ ।

दुर्घटनास्थलबाट चारजना यात्रुको सकुशल उद्धार गरिएको जिल्‍ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  बस नदीमै डुबेकाले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ ।