काठमाडौं, ४ मंसिर । जाजरकोट जिल्लाको भुर– ८ रावतगाउँबाट भेरी नदीमा बस खस्दा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दस यात्रु घाइते भएका छन् ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता नायब उपरीक्षक नरेश श्रेष्ठका अनुसार दुई जनाको शव फेला परेको हो । उनीहरूको सनाखत हुन सकेको छैन । श्रेष्ठले बस भेरी नदीमा डुबेको अवस्थामा रहेको बताए ।
जाजरकोटबाट सुर्खेतको राकमतर्फ आउँदै गरेको ना ३ ख १४०८ नम्बरको बस आज बिहान भरी नदीमा खसेको थियो ।
दुर्घटनामा घाइते १० जनालाई उपचारका लागि सुर्खेत ल्याइएको छ । प्रहरीको उद्धार कार्य सक्रिय रहेको श्रेष्ठले बताए । बसमा करिव ४५ यात्रु रहेको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।















प्रतिक्रिया