६ कार्तिक २०८३, शुक्रबार

एमाओवादीलाई गैह्रजिम्मेवार र अराजक व्यवहार सच्याउन भण्डारीको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biddhayaकाठमाडौँ, ३ मंसिर । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले एएमाओवादीको हठ र अराजक व्यवहारका कारण सिङ्गो संविधानसभा अवरुद्ध भएको आरोप लगाउनु भएको छ ।

पार्टी निकट अखिल नेपाल महिला सङ्घको महिला हिंसाविरोधी तीन महिने अभियानको घोषणा गर्न बुधबार राजधानीमा आयोजित कार्यक्रममा उपाध्यक्ष भण्डारीले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईका कारण सत्तारुढ गठबन्धनले प्रस्तुत गरेको प्रस्ताव अघि बढ्न नसकेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमाओवादीको गैहजिम्मेवार र अराजक व्यवहारका कारण समिति र संविधानसभा अवरुद्ध भएको स्थिति छ, उहाँहरूले भनेजस्तो गरी अगाडि बढ्न हामी सम्झौता गर्न सक्दैनौँ ।’

सङ्घीयतालगायतका विषयमा नेपाली काँग्रेस र एमालेसहित दलले प्रस्तुत गरेको अवधारणालाई संविधानसभामा पठाउने विषयमा समितिमा सहमति हुन नसक्दा विगत दुई सातादेखि समिति अनिर्णित भएको छ ।

एमाले तेस्रो शक्ति हुँदा सङ्कटकाल लगाएर भएपनि पहिलो संविधानसभाबाटै संविधान जारी गराउन लागेको तर एमाओवादीले त्यसबारे ४०१ सभासद् जुटाएर संविधान जारी गर्ने कोसिस गरेको स्मरण गराउँदै उहाँले अब पनि संविधान जारी नभए मुलुकमा अस्थिरता निम्तने जनाउनुभयो ।