१ कार्तिक २०८३, आइतबार

आत्मालोचना हामीले होइन संस्थापन पक्षले गर्नुपर्छः विप्लव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra_Bikram_Chandकाठमाडौँ, ३ मंसिर । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द (विप्लव)ले केन्द्रीय समितिको निर्देशन अनुसार आफूले आत्मालोचना नगर्ने चेतावनी दिनुभएको छ ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विप्लव स्पष्टीकरण दिएर वा आत्मालोचना गरेर आफुहरु बैठकमा नजाने पनि प्रष्ट पार्नुभयो ।

‘आत्मालोचना गर्न निर्देशनसहितको केन्द्रीय समितिको निर्णय सच्याउन हामी आग्रह गर्छौ,’ उहाँले भन्नुभयो, ‘उहाँहरुले हतार–हतार स्पष्टीकरण सोध्ने र आत्मालोचना गर्न लगाउने निर्णय गर्नुभयो यो गलत छ ।’

नेकपा–माओवादीले आगामीमंसिर ६ गतेका लागि बोलाएको विस्तारित बैठकमा सहभागी हुन विप्लव समुहले स्पष्टीकरण दिुनपर्ने संस्थापन पक्षको भनाई छ ।

विप्लवले कपिलवस्तुमा आयोजना गरेको भेलाले पार्टीको विशेष महाधिवेशन बोलाउन माग गरेको पनि पत्रकार सम्मेलनमा स्पष्ट पार्नुभयो ।

‘पार्टीलाई एकतावद्ध बताएर विशेष महाधिवशेनसम्म छलफलमा लिएर जान हाम ितयार छौँ,’ उहाँले भन्नुभयो, ‘हामी पार्टीलाई जुझारु बनाउन लागेका छौ, फुटाउन होइन ।’