काठमाडौँ, ३ मंसिर । मोरङमा गएराति दुई स्थानमा भएको आगलागीबाट करिब रु ४८ लाख मूल्य बराबरको क्षति भएको छ ।
विराटनगर– १५ स्थित रामकुमार साहको गोदाममा गएराति २ बजे विद्युत् चुहावट भई भएको आगलागीबाट रु २० लाख मूल्य बराबरको जुटको बोरा जलेर नष्ट भएको छ ।
सोही घरको अन्य कोठामा व्यापार गर्नेहरु हार्डवेयरका पसल सञ्चालक विनोद गुप्ताको रु २० लाख मूल्य बराबरका सामान तथा नगदका साथै फलफूल सञ्चालक अजय साहको रु तीन लाख बराबरको फलफूल जलेर नष्ट भएको हो ।
उक्त आगलागीलाई नियन्त्रणका लागि स्थानीय, प्रहरीका साथै विराटनगर, इटहरी र इनरुवाको दमकलसमेत जुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यसैगरी, विराटनगर–५ बस्ने सदानन्द गडेरीको घरको चुलोबाट आगो सल्केर भएको आगलागीबाट करिब रु पाँच लाखबराबरको सम्पत्ति र घर जलेर नष्ट भएको छ ।
गडेरीका साथै छिमेकी अरुण गडेरी र रविलाल उरावसमेतको दुई वटा घर, ग्वाली बाख्रा, खाद्यान्नका साथै चिरान काठसमेत जलेर नष्ट भएको हो । रासस















प्रतिक्रिया