रुकुम, ३ मङ्सिर । जिल्लाको आठविसकोटबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जिपबाट खसेर आठविसडाँडा–५ का प्रजित ओलीको मृत्यु भएको छ ।
खलङ्गातर्फ आउँदै गरेको लु१ज २६८५ नम्बरको जिपमा सवार ओली मग्मा गाविसको नदुवानजिकै जिपबाट खसेको प्रहरीले बताएको छ । ढोकानजिकै बसेका ओली एक्कासि ढोका खुलेपछि सडकमा खसेको बताइएको छ ।
जिपबाट खसेर घाइते ओलीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी निरीक्षक होमबहादुर थापाले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया