१ कार्तिक २०८३, आइतबार

याक चौरीसहित जाडो छल्न बेसी झरे उपल्लो डोल्पाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोल्पा, २ मङ्सिर । डोल्पाको उत्तरी भेगमा बसोबास गर्ने लामा, भोटे, शेर्पालगायतका बौद्धमार्गी तथा स्थानीयवासी छ महिनासम्म जाडो छल्न बेसी झर्न थालेका छन् ।

माथिल्लो डोल्पाका छार्का, तिन्जे, मुकोट, साल्दाङ, भिजेर, फोक्सुन्धोलगायतका गाविसमा कात्तिक दोस्रो सातादेखिनै उच्च हिमपात भई अत्यधिक चिसो बढ्ने र मानव जीवन एकदमै कष्टकर हुने  भएकाले यो समयमा त्यहाँका बासिन्दा बर्सेनि बेसी झर्ने गर्छन् ।

यस समयमा छ महिनाको लागि अस्थायी गासबासको व्यवस्थासहित घरमा पालिएका याक, चौरी, घोडा, खच्चड पशुचौपाया सबै लिएर उनीहरू बेसी झर्ने गरेका छन् ।

यो समयमा भोटको जिम्मु ल्याएर मैकसँग साटासाटदेखि लिएर चौरी, भेडाका रौँबाट राडीपाखी, गलबन्दी, पटुका, गलैँचालगायतका सामान पनि बुन्ने र बिक्रीवितरण गर्ने फोक्सुन्धोकी स्थानीयवासी मिक्मा केसीले बताउनुभयो