१ कार्तिक २०८३, आइतबार

एमाओवादी संविधानसभा छाडेर भाग्नेवाला छैनः प्रचण्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ, २ मंसिर ।  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही संविधानसभाबाट संविधान बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मंगलबार बिहान लाजिम्पाटस्थित आफ्नो निवासमा पत्रकार महासंघका पदाधिकारीसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । रुसमा लेनिनले संविधानसभा विघटन गरेजसरी संविधानसभा नछाड्ने उहाँको भनाई थियो ।

संविधान निर्माणमा दबावका दिने अभियान लिएर प्रचण्डनिवास पुगेका पत्रकार महासंघका पदाधिकारीलाई उहाँले संविधानसभा जनयुद्धको जगमा निर्माण भएकाले जनयुद्धको मर्म र भावनाअनुरुपको संविधान निर्माण हुनुपर्नेमा समेत जोड दिनुभयो ।

कांग्रेस र एमालेले जनयुद्धको मर्म र भावना विपरीतको संविधान बनाउन खोजेको आरोप पनि लगाउनुभयो । ‘१२ बूँदे समझदारी तथा शान्ति सम्झौताको मर्म र भावनाबाट सत्तारुढ दलहरु पछि हटेका छन्,’ उहाँले भन्नुभयो,’ ‘संसदमा हामी  प्रतिपक्षमा भए पनि संविधानसभामा हामले आफूलाई प्रतिपक्षका रुपमा नसोका छैनौँ ।  तर, कांग्रेस र एमालेले गणितीय आधारमा संविधान बनाउने कुरा गरेर संविधानसभालाई पनि पक्ष–प्रतिपक्षमा विभाजित बनाउन खोजेका छन् ।’