३१ आश्विन २०८३, शनिबार

काँग्रेस र एमालेलाई जनअदालत ब्युँताएर कारबाही गर्ने विप्लवको धम्की

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra_Bikram_Chandकाठमाडौँ, १ मंसिर  ।  नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले काँग्रेस र एमालेलाई  जनअदालत ब्युँताएर कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

नेपाल क्रान्तिकारी होटल मजदुर संघको पाँचौं काठमाडौं जिल्ला सम्मेलनको राजधानीमा उद्घाटन गर्दै उहाँले त्यस्तो चेतावनी दिनुभएको हो ।

‘काँग्रेस र एमालेले संविधानसभाबाट जबरजस्ती संविधान ल्याउन खोजे भने जनअदालत ब्युँझाएर उनीहरुलाई कारबाही गर्छौ,’ उहाँले भन्नुभयो, ‘एकलौटी पेलेर जान खोजे हामीसँग युद्ध लड्ने बाहेक अर्को विकल्प हुँदैन ।’

उहाँले कांग्रेस–एमालेलगायतका सत्तारुढ दलहरूले शान्ति प्रक्रियामा आउनुपूर्व गरेका सहमति विर्सिएको भन्दै माओवादीलाई अपराधी सावित गर्ने र जेलमा हाल्ने सपना नदेख्न पनि चेतावनी दिनुभयो ।

कांग्रेस–एमालेलगायतका दलहरूले २०४७ सालकै संविधान ल्याउने र परिवर्तनका आधारहरू भत्काउने प्रयत्न गरे आफुहरुले जनअदालत ब्युँताउने चेतावनी पनि उहाँले दिनुभयो ।