३१ आश्विन २०८३, शनिबार

सार्क सम्मेलन अघि दलहरुबीच सहमति नभए माघ ८ मा संविधान जारी हुँदैनः नेम्वाङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subas Nembangकाठमाडौँ, १ मंसिर । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुबीच सार्क   सम्मेलन अघि नै सहमति जुट्नु पर्ने बताउनु भएको छ ।

तीन दलका शीर्ष नेतासँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘सार्क सम्मेलन अघि दलहरुबीच सहमति भएन भने माघ ८ मा नयाँ संविधान जारी गर्न मुस्किल हुन्छ,’ उहाँले भन्नुभयो,  ‘सम्मेलनअघि सहमति भयो भने संविधानसभा कार्यतालिका संशोधन र त्यसमा रहेका केही कार्यसूची खारेज गरेर भए पनि निर्धारित मितिमा संविधान जारी गर्न सकिन्छ ।’

उहाँले दलहरुलाई आफुले त्यस बारेमा ध्यानाकर्षण गराएको पनि जानकारी दिनुभयो ।  आफुले बैठकमा  संवाद समितिले सहमति निर्माण गर्न नसके असहमतिका विषयमा प्रश्नावली बनाउनुपर्ने तर्फ समेत ध्यानाकर्षण गराएको जानकारी दिनुभयो  ।