३१ आश्विन २०८३, शनिबार

भैरहवामा देशकै पहिलो सेज सञ्चालन हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १ मंसिर । आर्थिक विकासका लागि महत्वपूर्ण ठानेर स्थापना गरिएको देशकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) झन्डै डेढ दशकपछि सञ्चालनमा आउने भएको छ । नेपाल सरकारबाट सेज सञ्चालनको मापदण्ड र कार्यविधि स्वीकृत भएपछि सेज सञ्चालनको बाटो खुलेको हो ।

रूपन्देहीको नेपाल–भारत सीमा क्षेत्र नजिकै बगाहा गाविसमा झन्डै १२ वर्षअघि २०६० सालदेखि निर्माण थालिएको सेजको भौतिक संरचना निर्माणमा ढिलाइ र आवश्यक कानुनको अभावमा सञ्चालनमा आउन सकेको थिएन ।

सेज सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएको र यसको सञ्चालन प्रक्रियाका लागि आवश्यक मापदण्ड र कार्यविधिसमेत तयार भएकाले सेज सञ्चालनमा आउन थालेको यसको निर्माणको सम्पूर्ण काम प्राविधिक रूपले रेखदेख गरिरहेका इन्जिनियर नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो । यसका साथै सेज सञ्चालनका लागि ऐनसमेत आउने अन्तिम तयारीमा रहेकाले यसको सञ्चालनको तयारी थालिएको हो । रासस