काठमाडौँ, १ मंसिर । नेपाली काँग्रेस र नेकपा एमाले र एमाओवादीबीच सोमबार भएको छलफल पनि विना निष्कर्ष टुङ्गिएको छ ।
सत्तारुढ दुई दलले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्तुत गरेको प्रस्तावलाई अनुमोदन गरेर संविधानसभामा लैजान गरेको आग्रहलाई एमाओवादीले अस्वीकार गरेपछि बैठकमा अन्य विषयमाथि छलफल भएन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्बाङको समन्वयमा सोमबार उहाँकै कार्यकक्षमा भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा काँग्रेस र एमालेले गरेको सो आग्रहलाई एमाओवादी पक्षले अस्वीकार गरेको एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले जानकारी दिनुभयो ।
बैठकमा काँग्रेसका तर्फबाट सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र महामन्त्री कृष्णप्रसाद सिटौला, एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता डा बाबुराम भट्टराई उपस्थित हुनुहुन्थ्यो ।















प्रतिक्रिया