गाईघाट (उदयपुर), १ मंसिर । केही दिनअघि कटारीमा सवारी चालकका छेउमा महिला बस्न नपाउने भनी हिमाली यातायात व्यवसायी सङ्घ शाखा कार्यालय, कटारी र इलाका प्रहरी कार्यालय कटारीले गरेको निर्णय फिर्ता लिइएको छ ।
चालकका छेउमा युवती बस्दा चालककले युवतीसँग गफ गर्ने गरेको कारण दुर्घटना हुने गरेको भन्दै हिमाली यातायात व्यावसायी सङ्घ शाखा कार्यालय कटारीले सवारी दुर्घटना कम गर्न चालकको छेउमा युवती नराख्ने निर्णय गरेको थियो ।
तर, सङ्घ र प्रहरीको निर्णयको विरोधमा जिल्लाका विभिन्न महिलाअधिकारकर्मी तथा महिला सञ्जालले त्यसको विरोध गरेको कारण सङ्घले निर्णय फिर्ता लिएको यातायात व्यावसायी सङ्घ शाखा कटारीका प्रमुख शत्रुधन कार्कीले बताउनुभयो ।















प्रतिक्रिया