६ कार्तिक २०८३, शुक्रबार

माघ ८ मै संविधान जारी हुन्छः थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapaलम्की, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निर्धारित मितिमा संविधान जारी हुने बताउनुभएको छ ।

चार दिन लामो सुदूरपश्चिम भ्रमण सकेर राजधानी फर्किने क्रममा कैलालीको बौनियामा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले विवादित विषयमा टुङ्गो लगाएर माघ ८ मै संविधान जारी हुनेमा जोड दिनुभयो ।

अब नेपाल हिन्दू राज्य हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष थापाले अधिकांश हिन्दूको बसोवास रहेको नेपाललाई सनातन हिन्दू राज्य कायम गरिनुपर्ने बताउँदै त्यसो नभए जनमत सङ्ग्रहमा जानुपर्ने माग गर्नुभयो ।

सनातन धर्मसापेक्ष मुलुक निर्माणका लागि राप्रपा नेपालले थालेको अभियानका क्रममा अध्ययन थापा सुदूरपश्चिम आउनुभएको थियो । रासस