काठमाडौँ, १ मंसिर । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) शशिसेखर श्रेष्ठलाई कारागार ब्यवस्थापन विभागमा सरुवा गरेको छ ।
काठमाडौंका सिडियो वसन्तराज गौतमलाई हटाएको एक हप्ता पनि नवित्दै उहाँलाई पनि सरुवा गरेको हो । काठमाडौंका सिडियो गौतमलाई सामान्य प्रशासनले जगेडामा राखेको थियो ।
गृह मन्त्रालयले एकनारायण अर्याललाई काठमाडौँ र यादव प्रसाद कोइरालालाई ललितपुरको सिडियो बनाएको छ ।
दुवैजना गृह मन्त्रालयकै सहसचिव हुन । अर्याल गृह मन्त्रालयको कर्मचारी प्रशासन र कोइराला विपद व्यवस्थापन महाशाखाको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
सार्क सम्मेलनकै नजिकमा दुबै जिल्लाका सिडियोलाई हटाएर नयाँ व्यक्तिलाई बनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।















प्रतिक्रिया