३१ आश्विन २०८३, शनिबार

काजक्रियामा जान घरबाट निस्किएका घर्तीको बीभत्स हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, १ मङ्सिर । हत्या गरी फालिएको अवस्थामा आइतबार रोल्पाको धबाङमा एक व्यक्तिको शब फेला परेको छ ।

रोल्पाको धबाङ–४ स्थित ५३ वर्षीया कुलबहादुर घर्तीको बीभत्स हत्या गरी फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका  अनुसार धारिलो हतियारले घाँटी तथा पाखुरा छुट्टाएर ढुङ्गाले टाउको थिचेको अवस्थामा धबाङ–३ स्थित जङ्गलमा घाँसपातमा गर्न गएका स्थानीयले आइतबार बिहान शव भेटाएका हुन् ।

घटनापश्चात् स्थानीयले जिल्ला प्रहरी कार्यालय रोल्पामा खबर गरेपछि प्रहरी टोली आइतबार घटनास्थलमा पुगेको थियो । प्रहरीको पहलमा शवपरीक्षणका लागि जिल्ला अस्पताल  ल्याइएको छ ।
स्थानीयका अनुसार गाउँमा आफन्तको मृत्यु भएपछि शनिबार काजक्रियामा जान भनी घरबाट निस्किएका घर्ती आइतबार बिहानसम्म घर फर्किएका थिएनन् । सोबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस