३१ आश्विन २०८३, शनिबार

एक सय पाँच वर्षमा नागरिकता पाएर तुल्सरी कामी दंग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भुर (जाजरकोट), १ मङ्सिर । पुन्मा–९ दोकानकी तुल्सरी कामी आइतबार निकै खुसी  भइन् ।

तीन छोरा, ६ छोरी, ४८ नातिनातिनी र १०२ पनातिकी मूली तुल्सरी शनिबार भुर गाविसको पोखरामा प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीबाट पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि खुसीले गद्गद भएकी हुन् ।

पैँसट्ठी वर्षीय जेठा छोरा विर्खे कामीका साथ सरकारी सेवा प्रवाहका लागि भुर गाविसको पोखरामा आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा गएकी उनले  नागरिकता लिएकी हुन् ।

एक सय पाँच वर्षको उमेर पुग्ने बेलासम्म पनि जुत्ताचप्पल नलगाएकी तुल्सरीले उमेर हुने बेलासम्म नागरिकता लिन रुचि नदेखाएको र पछि वृद्धभत्ताका लागि नागरिकता बनाउनुपर्ने भए पनि खलङ्गासम्म हिँड्न सक्ने अवस्था नभएका कारण अहिलेसम्म नागरिकताविहीन भएर बसेको जेठा छोरा विर्खे कामीले बताउनुभयो ।  रासस