काठमाडौँ, ३० कात्तिक । नेपाल विद्यार्थी संघले नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा सांकेतिक विरोध प्रदर्शन गरेको छ । पार्टीले पटक–पटक महाधिवेशनको मिति घोषणा गर्ने र अन्तिम समयमा आएर स्थगन गर्ने गरेपछि वाक्क बनेका नेविसंघका उपत्यकास्थित क्याम्पस ईकाईहरुले यस्तो सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
केही दिन अघि मात्रै काँग्रेसले भातृ संगठन नेविसंघको महाधिवेशन सातौं पटक स्थगित गरेपछि केन्द्रीय कार्यालय अगाडि नै विद्यार्थीले कालो कपडा लगाई अनुहार छोपेर लालटिनसहित ११ मिनेटसम्म मौन धर्ना दिएका हुन् । उनीहरुले ११ औं महाधिवेशन तत्काल गर्न माग गर्दै लालटिन बालेर प्रदर्शन गरेका थिए ।
पार्टी भित्र आन्तरिक लोकतन्त्र हराएको भन्दै सांकेतिक रुपमा आन्तरिक लोकतन्त्र खोज्न लालटिन बालेको बताए ।
कालो पोशाकसहित प्रदर्शन गरेका उनीहरुले पोशाकमा ‘नेविसंघलाई बन्धक बनाउने हो, खबरदार १ उज्यालो बिहानी कहिले हुन्छ ?’ भन्ने जस्ता नारा लेखेका थिए ।















प्रतिक्रिया